Sagun Khabar
महेशले ल्याए ‘कलेजी कटाउन्या माया’को नयाँ भर्सन 

बैतडी–एक दशकअघिदेखि चर्चामा रहेको देउडा गीत ‘कलेजी कटाउन्या माया’को नयाँ भर्सनमा सार्वजनिक भएको छ । 

करीब एक दशक अघि बैतडी घर भएका गायक तथा संगीतकार महेशकुमार औजीले कलेजी कटाउन्या माया बजारमा ल्याएका थिए । खासगरी, सुदूरपश्चिम र कर्णालीमा निकै चर्चामा आएको गीत नयाँ स्वरूपमा बजारमा ल्याइएको गायक महेशकुमार औजीले बताए । 

Atrya hospital

नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक नयाँ गीतमा भने गायकद्वय महेशकुमार औजी र बादल थापाले स्वर दिएका छन् । महेश स्वयंको शब्द र संगीत रहेको गीत कमल सौरागले एरेन्ज गरेका हुन् । 

गीतको भिडियोमा चक्र बम, जोन बम र कविता न्यौपानेले अभिनय गरेका छन् । ढोरपाटनमा खिचिएको भिडियोमा उनीहरूको प्रेम–बिछोडको कथा देखाइएको छ । शान थापाको निर्देशनमा तयार भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन् । 

देउडा गायन क्षेत्रमा निकै रुचाएका गायक तथा संगीतकार महेशकुमार औजीले जीवन भोगाइ शब्द समेटेर गीत ल्याउने गरेका छन् । उनले बजारमा ल्याएका हरेक गीतहरु चर्चामा रहने गरेका छन् । ‘कलेजी कटाउन्या माया’को नयाँ भर्सन पनि श्रोता तथा दर्शकको रोजाइमा पर्ने औजीको विश्वास छ । 

तलको लिंकमा क्लिक गर्दा गीत हेर्न र सुन्न सकिन्छ ।

https://www.youtube.com/watch?v=HeXQbWkWAJo

 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update