Sagun Khabar
भाइरल गायिका लक्ष्मी नेपालीको स्वरमा ‘आइझा मेरा डडेल्धुरा’ सार्वजनिक 

बैतडी –भाइरल गायिका लक्ष्मी नेपालीको स्वरमा ‘आइझा मेरा डडेल्धुरा’ मंगलबार सार्वजनिक भएको छ । भुवन नेपालीको शब्द सकंलन रहेको उक्त गीतमा लक्ष्मी र भुवनको स्वर रहेको छ । परशुरामधाम म्युजिक प्रालि उक्त गीतको उत्पादक र वितरक रहेको छ । 

डडेल्धुराका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरिएको उक्त गीतको भिडियोमा बैतडीको पाटन नगरपालिका ३ घर भएका दिपक बिष्ट र निशा धामीले अभियन गरेका छन् । बिष्टले आफूले दोश्रो गीतमा अभिनय गरेको बताएका छन् । 

Atrya hospital

रोजगारीको सिलसिलामा भारतको बेंगलोर रहेका बिष्टले कलाकार बन्ने सपना पूरा गर्नका लागि प्रयास गरिररहेको बताए । 

‘आइझा मेरा डडेल्धुरा’ नामको गीत परशुरामधाम म्युजिक प्रालिले आफ्नो युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गरेको हो । 
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update