Sagun Khabar
अछाममा १६ वर्षीया किशोरीमाथि सामूहिक करणी

अछाम –अछाममा छाउगोठमा बसेकी एक किशोरीमाथि जवरजस्ती करणी भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा १६ वर्षीया किशोरीमाथि सोमवार राति सामूहिक करणी भएको हो ।

किशोरीमाथि करणी गरेको आरोपमा प्रहरीले एक स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मंगलवार बिहान अचेत अवस्थामा फेला परेकी थिइन । उनलाई अचेत अवस्थामा देखेपछि मंगलवार बिहान स्थानीय एक किशोरीले प्रहरीलाई खबर गरेकी थिइन् । 

Atrya hospital

स्थानीय किशोरीले जानकारी दिएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुखलगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो । जिल्ला अस्पताल अछाममा गरिएको स्वास्थ्य परीक्षणमा उनी करणी भएको पुष्टि भएको हो । 

अस्पतालमा उपचार पश्चात् होसमा आएकी ती किशोरीले आफू माथि करणी गरेको प्रहरीलाई बताएकी छन् ।  उनले स्थानीय १७ वर्षीय किशोरलगायत तीन–चार जनाले जवरजस्ती करणी गरेको बताएकी छन् ।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update