Sagun Khabar
चर्मण्वती साहित्य सम्मेलनमा तीनओटा कृति विमोचन 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका ६ गोकुलेश्वरमा सम्पन्न भएको चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीमा तीनओटा कृति विमोचन गरिएका छन् । यही असार २ र ३ गते सञ्चालन भएको सम्मेलनको उद्दघाटन सत्रमा कृति विमोचन गरिएका हुन् । 

साहित्यकार गंगा बिष्ट नेगीको सवाल गजल संग्रह, गंगा शर्मा भट्टद्वारा लिखित सगुन–फाग र भारतीय साहित्यकार डा. पिताम्बर अवस्थीको नसामुक्त अभियानसम्बन्धी जानकारी समेटिएको कृति विमोचन गरिएको हो । 

Atrya hospital

पहाडी जिल्लामा आयोजना भएको साहित्यक सम्मेलनमा सीमावर्ती भारतीय साहित्यकारद्वारा लिखित कृति समेत विमोचन हुनु निकै खुसीको कुरा भएको साहित्यकार रमेश पन्त ‘मितबन्धु’ले बताए । 

साहित्यकार गंगा बिष्ट नेगीले लेखेको गजल संग्रहमा विभिन्न गजल समेटिएका छन् । यस्तै गंगा शर्मा भट्टद्वारा लिखित सगुन–फाग कृतिमा सुदूरपश्चिमका पहाडी समुदायमा विभिन्न शुभकार्य गर्दा गाइने सगुन फाग समेटिएका छन् । 
पछिल्लो समयमा सगुन–फाग लोप हुनै लागेका बेला यो कृतिले सगुन–फागको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष एवं स्थानीय संस्कृतिका जानकार हेमबाबु लेखकले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update