मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढलेर लाग्दा मृत्यु हुनेको संख्या १४ पुग्यो
                        
                        
                                                
                                            
                                                                    भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । १५ हजार वर्गफिटको होर्डिङ बोर्ड खसेर भएको दुर्घटनामा ७० जनाभन्दा धेरै घाइते भएका छन् ।
७० मिटर लामो होर्डिङ बोर्ड पेट्रोल स्टेसन र आसपासमा रहेका घरमा खसेको बीबीसीले जनाएको छ ।
मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बोर्ड खस्दा गाडीहरू च्यापिएका छन् ।  त्यहाँ उद्धारको काम भैरहेको छ ।  
 
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:२९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    