Sagun Khabar
बैतडीको दोगडाकेदारमा सडक मर्मत स्वयं सेवक नियुक्त 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले ४० जना सडक मर्मत स्वयंसेवक नियुक्त गरेको छ । पालिकाले निर्माण गरेका सडकहरु मर्मत सम्भारका लागि सडक मर्मत स्वयं सेवकलाई कारर सेवामा नियुक्त गरेको गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले बताए । 

गाउँपालिकाले आफ्नै लगानिमा निर्माण गरेका सडकहरुलाई सुचारु गर्न, मर्मत र नियमित सञ्चालनका लागि सडक मर्मत स्वयंसेवक नियुक्त गरेको उनले बताए । 

Atrya hospital

प्रत्येक स्वयंसेवकलाई मासिक १३ हजार ५ सय तलब दिने गरेर चालु आर्थिक बर्षमा ७० लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत धामीले बताए । उनले भने ‘हामीले प्रत्येक स्वयंसेवकलाई प्रति व्यक्ति कम्तीमा मासिक १३ हजार ५ सय तलब दिने गरेर व्यवस्था गरेका छौं ।’

दोगडाकेदार गाउँपालिकाले सबै वडामा सडक पुर्याईसकेकाले वडाका सडकहरुलाई नियमित रुपमा सञ्चालन गर्नका लागि स्वयंसेवक नियुक्त गरेको दाबी गरेको छ । 

दोगडाकेदार गाउँपालिकाले खोचलेक–रीम–गोरङ सडक, सिल्लेगडा –कटौजपानी, खोचलेक–सित्तड, कपडा –कलौन लगायतका सडकलाई नियमित रुपमा सञ्चालन गर्नका लागि स्वयंसेवक नियुक्त गरेको बताएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १२:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update