कञ्चनपुरको दुई ठाउँमा आगलागी
                        
                        
                                                
                                            
                                                                    कञ्चनपुर –कञ्चनपुरको दुई ठाउँमा आगलागी भएको छ । बुधबार छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट ५ लाख ७५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–२ कमलाशा टोलका मानसिंह बिष्टको कच्ची गोठ र भान्छा कोठामा बिद्युतको तार सट भइ आगलागी हुँदा अन्दाजी ७५ हजार बराबरको क्षति भएको छ ।
यस्तै कृष्णपुर नगरपालिका–१ कुन्ज कल्लीका मनबिरेराम भुलको कृषि फार्ममा आगलागी हुँदा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
 
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:३७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
