Sagun Khabar
काम गरेको ज्याला नपाएको भन्दै पाटन ८ को वडा कार्यालयमा तालाबन्दी 
Atrya hospital

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ८ मा तालाबन्दी गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आफूहरुलाई न्यून ज्याला दिएको भन्दै कामदाहरुले तालाबन्दी गरेका हुन् । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५ सय १७ रुपैंयाका दरले ज्याला पाउनुपर्ने भएपनि आफूहरुलाई प्रतिव्यक्ति ६४ रुपैंयाका दरले मात्रै ज्याला दिएको कामदारहरुले बताएका छन् । 

१९ लाखको योजनामा काम कम भएको भन्दै नगरपालिका २ लाख मात्रै निकासा भएको छ । यो बिषयमा वडा अध्यक्ष पृथ्वीराज पन्तले कामको मूल्याकंनका लागि नगरपालिकाको रोजगार शाखामा पटक पटक आग्रह गरेको भएपनि नगरपालिकाबाट प्राविधिक नआएका बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update