बैतडी- मालपोत कार्यालय बैतडीले सेवाग्राहीलाई सम्मान गरेको छ । मालपोत कार्यलय बैतडीले नेपालमा पहिलो पटक घर जग्गा कारोबारको लिखित रजिस्ट्रेशन पारित भएर १ सय २ वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा आइतबार सेवाग्राहीलाई सम्मान गरेको हो ।
लिखित रजिस्ट्रेशन पारित भएको १ सय २ वर्ष पुराभएर १ सय ३ वर्षमा प्रवेश गरेको अवसरमा मालपोत कार्यालयमा सेवा लिन आएका पहिलो सेवाग्राही दशरथचन्द नगरपालिका वडा नं ५ का नागेन्द्र प्रशाद भट्टलाई सम्मान गरिएको मालपोत कार्यालयका नायव सुब्बा लोकेन्द्र प्रशाद पन्तले जानकारी दिए ।
उनका अनुसार सेवाग्राहीलाई अबिर खादासहित सम्मान गरिएको छ । नेपालमा पहिलो पटक घर जग्गा कारोबारको लिखित रजिस्ट्रेशन पारित भएर १ सय २ वर्ष पुरा भएको अवसरमा मालपोतकार्यलय बैतडीले पनि तीन दिने कार्यक्रम गरेको थियो ।
भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमी व्यवस्थापन तथा अभिलेख विभाग मातहतका कार्यालयहरुमा तीन दिने कार्यक्रम गर्न गरिएको पत्राचार अनुसार बैतडीमा पनि कार्याक्रम गरिएको नायव सुब्बा पन्तले बताए । नेपालमा पहिलो पटक १९७९ साल वैशाख १ गते घर जग्गा कारोबारको लिखत रजिस्ट्रेशन पारित भएको थियो ।
१ सय २ वर्ष पुराभभएको ऐतिहासिक अवसरमा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमी व्यवस्थापन तथा अभिलेख विभाग मातहतका कार्यालयहरुमा विभिन्न कार्यक्रम गरिएका हुन् ।