Sagun Khabar
३८ वर्षिय युवक मृत अवस्थामा फेला

एक पुरुष मृत अवस्थामा फेला परेका छन्। डोटीको आदर्श गाउँपालिका वडा नम्बर-५ गोग्नाडी पतना बस्ने अन्दाजी ३८ वर्षीय लक्ष्मण भट्टराई मृत फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीले भट्टराई शनिवार दिउँसो सोही वडाको नौलाखोला भन्ने स्थानमा सडकबाट अन्दाजी ५०० मिटर तल मृत अवस्थामा फेला परेको जनाएको छ। सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोटीबाट आवश्यक घटनाको अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update