Sagun Khabar
कैलालीमा कुटपिटबाट युवकको मृत्यु प्रकरण : कुटपिटमा संलग्न १४ जना सार्वजनिक 

कैलाली –विवाहमा गएका कैलालीका एक युवकको सामुहिक कुटपिटबाट मृत्यु भएको छ ।

जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामुहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको हो । सामुहिक कुटपिटमा संलग्न १४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको हो । 

घेराघाटका डिल्ली कोइरालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरुको समूहले कुटपिट गरेका थिए । उनलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएको थियो । अस्पतालले नेपालगञ्ज मेडिकल कलेज रेफर गरेको थियो । 

Atrya hospital

नेपालगञ्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो । टिकापुर अस्पतालका चिकित्सकले उनको मृत्यु भएको बताएका थिए । 

अधिकारीमाथि लम्कीका युवाहरुले कुटपिट गरेका थिए । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले घेराघाटका २३ वर्षीय विवेक भुल, २२ वर्षीय विवेक भुल, २२ बर्षीय सन्तोष परियार, २४ बर्षीय गणेश भुल, १५ बर्षीय का पिन्टु चौधरी, २२ बर्षीय दिलबहादुर चौधरी र २२ वर्षीय पुरन सार्कीलाई पक्राउ गरेको छ । 

त्यस्तै लम्कीचुहा नगरपालिका–९ का २८ वर्षीय बिर्ख भुल, २४ वर्षीय सोनु साउँद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन केसी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल सुनार पनि पक्राउ परेका छन् । 
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय लम्कीमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update