Sagun Khabar
दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता भएकी महिला मृत फेला
Atrya hospital

 दार्चुला –दार्चुलाको व्यास गाउँपालिकामा पहिरोमा पुरिएर एक महिलाको ज्यान गएको छ । व्यास गाउँपालिका–३ तुसरपानीमा खसेको पहिरोमा पुरिएर व्यास गाउँपालिका–२ राप्ला घर भएकी ५० वर्षीया बेलमती बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए  ।

पहिरोमा परेर विहिबार विहान ९ बजे बेपत्ता भएकी बुढाथोकीको शव फेला परेको हो । तुसरपानी पहिरोमा परी सोहि ठाउँका रायमती बुढाथोकी घाइते भएकी छन् ।

व्यास गाउँपालिका–२ राप्लाबाट गाउँपालिकाको केन्द्र सुन्सेरा आउने क्रममा विहिबार बिहान ९ बजेतिर तुसरपानीमा खसेको पहिरोमा घाइते बुढाथोकीको दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक चन्दले बताए ।

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update