Sagun Khabar
दार्चुलामा पहिरोमा पुरिएर एक महिला बेपत्ता 
फाइल फोटो
Atrya hospital

दार्चुला –दार्चुलाको व्यास गाउँपालिकामा पहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् ।  व्यास गाउँपालिका वडा नम्बर ३ तुसरपानीस्थित पहिरोमा पुरिएर व्यास गाउँपालिका वडा नम्बर २ राप्लाकी अन्दाजी ५० वर्षीया बेलमती बुढाथोकी बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिए । 

सोही पहिरोमा पहिरोमा परी रायमती बुढाथोकी घाइते भएकी छन् । व्यास गाउँपालिका वडा नम्बर २ राप्लाबाट गाउँपालिकाको केन्द्र सुन्सेरा आउने क्रममा आज बिहान ९ बजेतिर तुसरपानीमा खसेको पहिरोमा घाइते महिलाको दाहिने खुट्टामा चोट लागेको उनले बताए । 

बेपत्ता महिलाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ११:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update