Sagun Khabar
दार्चुलामा साउन १ देखि निषेधाज्ञा हट्ने 

दार्चुला –दार्चुला जिल्लामा गत वैशाख २५ गतेदेखि जारी गरिएको निषेधाज्ञा हटाइने भएको छ । साउन १ गतेदेखि लागु हुने गरी निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति दार्चुलाले जनाएको छ । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति दार्चुलाको बैठकले जनजीवन समान्य बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गरेर निषेधाज्ञा हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । सङ्क्रमण देखिएका स्थानीय तहमा सोही स्थानीय तहको सिफारिसमा स्थान विषेश निषेधाज्ञा लगाउन सकिने निर्णय गरिएको छ ।

Atrya hospital

यस्तै भारत संग सीमा जोडिएका झोलुङ्गे पुल स्थानीय तहले एन्टिजेन परीक्षण गर्ने प्रतिबद्धता गरे मात्र खोल्न सकिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

दार्चुलामा निषेधाज्ञा खुला भए पनि कोरोना संक्रमणको जाखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न अनुरोध गरिएको छ ।

शैक्षिक संस्था भने अर्को निर्णय नहुञ्जेल सम्मका लागि बन्द नै रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update