Sagun Khabar
दार्चुलाको नौगाडमा बाढी र पहिरोले खानेपानी बगाएपछि समस्या 

दार्चुला –दार्चुलाको नौगाड गाउँपालिका वडा नं ३ मा बाढी र पहिरोले खानेपानीमा क्षति पुर्याएपछि गाउँमा खानेपानीको अभाव भएको छ । यही असार १२ गते निर्माण सम्पन्न भएको डाँडा जामीर कसाड  खानेपानी योजनामा बाढी र पहिरोले क्षति पुर्याएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष बीरबहादुर ठगुन्नाले जानकारी दिए । उनले भने ‘बाढी पहिरोले खानेपानी संरचनामा व्यापक क्षति पुर्याएको छ । यसले गाउँमा खानेपानीको समस्या भएको छ ।’

बाढी र पहिरोले खानेपानी योजनाका ४ ओटा इन्टेक र एउटा च्याम्बर बगाएको ठगुन्नाले बताए । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनासंगको सहकार्यमा १ करोड ३४ लाख ५३ हजारको लागतमा निर्माण सम्पन्न भएको योजनामा बाढी र पहिरोले क्षति पुर्याएपछि स्थानीयहरुलाई खानेपानीको समस्या भएको हो । 

Atrya hospital

डाँडा जामीर, कसाड , गोगने टोलका नागरिकलाई खानेपानीको समस्या भएको स्थानीय चन्द्रावती ठगुन्नाले जानकारी दिइन् । उनले भनिन् ‘गाउँमा आउने खानेपानी बगेपछि स्थानीयहरुलाई खानेपानीको निकै समस्या भएको छ ।’

असार २३ गते गुन्ढाडु खोलामा आएको बाढी र पहिरोले खानेपानीमा क्षति पुर्याएको उनले बताइन् । 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update