Sagun Khabar
दार्चुलाको नौगाडमा थुनिएको नदी खुलाउन सुरक्षाकर्मी परिचालन 

दार्चुला –दार्चुलाको नौगाडमा बाढी पहिरोका कारण थुनिएको नदी खुलाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । असार २५ गते आएको बाढि पहिरोका कारण नौगाड गाउँपालिका ३ मा जामिरमा नदी थुनिएको हो । 

स्थानीयले थुनिएको नदी खुलाउन प्रयास गरेपनि नदी खुलाउन नसकेपछि सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । 

Atrya hospital

थुनिएको नदी खुलाउन सुरक्षाकर्मीको टोली नौगाडको जामीरमा पुगेको स्थानीय चन्द्रावती ठगुन्नाले जानकारी दिइन् । उनले भनिन् ‘नदी खुलाउन सुरक्षाकर्मीको टोली पुगेको छ । यसअघि स्थानीयहरुले पनि नदी खुलाउने प्रयास गरेका थिए । तर सफल हुन सकिएन् ।’

नौगाड क्षेत्रमा बाढी आएपछि त्यहाँका स्थानीयहरु अहिले समस्या परेका ठगुन्नाले बताइन् । थुनिएको नदी खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली नौगाड पुगेको हो । 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  ०९:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update