अछाम- अछामका एक नगरप्रमुखले टुहुरा बालबालिकालाई दशैं खर्च दिएका छन्। जिल्लाको साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले टुहुरा बालबालिकालाई दशैं खर्च उपलब्ध गराएका छन्।
एकजनालाई २ हजार ५ सयका दरले रकम उपलब्ध गराइएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अनिता जोशीले जानकारी दिइन्। नगरभित्रका आफ्ना बालबालिकाहरूलाई दशैं मनाउन सहयोग गरेको नगर प्रमुख कुँवरले बताए। उनले आफूले पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० १७:५५
प्रतिक्रिया दिनुहोस्