Sagun Khabar
दार्चुलामा विद्युत सेवा अनियमित, उपभोक्ता समस्यामा 
Atrya hospital

दार्चुला –दार्चुलामा विद्युत सेवा अनियमित हुँदा स्थानीयहरुलाई समस्या भएको छ । छिनछिनमै विद्युत आउने र जाने भएकाले उपभोक्ताहरुलाई समस्या भएको हो । विद्युत अनियमत हुँदा कामकाज गर्न समस्या भएको स्थानीय व्यवसायी भानसिंह धामीले बताए  ।

विद्युत सेवा अनियमित हुँदा विद्युतीय सामग्री समेत बिग्रने गरेको उनले बताए । नेपाल विद्युत प्राधिकरणको लापरवाहीले समस्या भएको स्थानीयबासीको आरोप भएपनि प्राधिकरणले भने प्राविधिक समस्या भएको जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update