Sagun Khabar
धनगढीका विद्यालय वैशाख १५ सम्म बन्द गर्ने निर्णय 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली–धनगढीका विद्यालय बैशाख १५ गतेसम्म बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्र कैलालीको बैठकले गरेको अनुरोध अनुसार धनगढी उपमहानगरपालिकाले  बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार सरोकारवालाहरुसंग सुझाव संकलन गरेपछि विद्यालय बन्द गर्ने निर्णय भएको उप–महानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले बताइन् । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यो निर्णयमा पुगेको उनले बताइन् ।

सरकारले कैलालीलाई उच्च जोखिमयुक्त जिल्लाको रुपमा राखेको छ ।  
 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update