Sagun Khabar
दार्चुलाको नौगाडमा खोला थुनिँदा बस्ती जोखिममा 

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिका वडा नं ३ मा खारखोला थुनिएको छ । खोलामा आएको बाढीले खारखोला र नौगाड नदीको दोभानमा ड्याम बनेको स्थानीय चन्द्रावती ठगुन्नाले जानकारी दिइन् । बिहीबार बिहान खोलामा आएका बाढीले ड्याम बनेको हो । ड्यामका कारण नजिकै रहेको बस्ती जोखिममा परेको उनले बताइन् । उनले भनिन् ‘अहिले खोला र नदीको दोभानमा ड्याम बनेको छ । ड्याम खोल्ने प्रयास भएको छैन् । स्थानीयहरु आँफै ड्याम खोल्नका लागि प्रयास गरिरहेका भएपनि सम्भव भएको छैन् ।’

नौगाडमा बनेको ड्यामले एक्कासी फुटेमा तलतिरको बस्तीमा समेत जोखिम हुने स्थानीय प्रेमबहादुर ठगुन्नाले बताए । उनले भने ‘ड्यामले नौगाड गाउँपालिका ३ को जामीरमा जोखिम बढाएको छ । ड्याम समयमै नखोलिए तलतिरको बस्ती समेत जोखिममा पर्नेछ ।’

Atrya hospital

खोलामा बाँध बाँधिएर पानीको निकास भएपछि अहिले स्थानीयहरुले आफ्नै प्रयासमा बाँध खोल्ने कार्य गरिरहेका छन् । स्थानीय सरकारले समेत कुनै चासो नदिएको उनीहरुको आरोप छ । 

बाढी र पहिरोका कारण बिहीबार मात्रै दार्चुलाको नौगाडमा तीनजनाको ज्यान गएको थियो ।  

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update