Sagun Khabar
दार्चुलामा पहिरोले घर पुरिए, लघुजलविद्युतमा पनि क्षति 
Atrya hospital

दार्चुलामा पहिरोले घर पुरिए, लघुजलविद्युतमा पनि क्षति 
दार्चुला –दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोले केही घर पुरिएका छन् । प्रहरीका अनुसार नौगाडको वडा नम्बर ३ जामिरका स्थानीय नन्दु ठगुन्नाको घर बगेको र गोठे टमटाको घर उच्च जोखिममा परेको छ । अन्य घरहरु पनि पहिरोको जोखिममा परेको बताइएको छ ।

बुधबार रातीको बर्षाका कारण लघु जलविद्युतमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए । खारको गुन्ढाडु खोला, खारखोलाले पारिखार, सितोलिबगड, ओखलधार र गुन्ढारु खोलाले जामिरको लधुजलबिधुत, पुल लगायत संरचनामा क्षति पुर्याएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update