Sagun Khabar
दार्चुलाको मकरीगाडमा जेसिबि दुर्घटना हुदाँ चालकको मृत्यू
Atrya hospital

बैतडी–दार्चुलाको मकरीगाडमा जेसिबि दुर्घटना हुदाँ चालकको मृत्यू भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका ५ मकरीगाड बजार नजिकै भएको दुर्घटनामा चालक २७ बर्षिय बिसन रावलको मृत्यू हो । 

दार्चुलाकै शैल्यसिखर नगरपालिकाको बगौरा घर भएका रावलको घटनास्थलमै मृत्यू भएको भएको हाम्रा सम्बाददाता दिनेश सिंहले बताए । सु.प.प्र. ०१००(क)१६०४ नम्बरको अपि हाइड्रो पावरको दुर्घटनामा सहचालक अपिहिमाल ५का १८ बर्षिय सरोज धामीले हाम फालेर ज्यान जोगाएकाछन् ।

दुर्घटना भएको जेसिबि सडकमा पहिरो गएकाले पहिरो पञ्चाउदैँ मकरीगाड तर्फ गैरहेको बुझिएको छ । घटनाको थप बिवरण आउन बाकीँ रहेको छ । 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update