Sagun Khabar
सम्पर्क विहिन रहेका  दार्चुला -२ का वडा सचिव बैतडीमा मृत भेटिए 
Atrya hospital

बैतडी-   सम्पर्क विहिन दार्चुलाको शैल्यसिखर नगरपालिका वडा नं २ का वडा सचिव  खेमराज कपाडी मृत भेटिएका छन् । शैल्यसिखर–२ रौतेउडा घरभएका २८ बर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका ५ सल्सेनामा मृत भेटिका हन्  ।

आइतबार  बिहान डडेल्धुरा तालिमका लागि हिंडेका कपाडीको शव र  मोटरसाइकल सोमबार भेटिएको छ । मोटरसाइकल सडकभन्दा १सय ५० मिटर तल भेटिएको छ भने, मृतकको शव सडकबाट २सय मिटर तल भेटिएको प्रहरीले  बताएको  छ ।

 कपाडी सोमबार  बिहान १० बजे डडेल्धुरा स्थीत तालिममा सहभागी हुन बिहानै ४ बजे घरबाट हिंडेका  पारिवारिका स्रोतले  बताएको  छ ।  कपाडीको मोटरसाइकललाई ठुलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update