Sagun Khabar
नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हाइस ठोक्किदा ४ जनाको मृत्यु
Atrya hospital

नारायणगढ–भरतपुर महानगरपालिका–२९ सत्र किलोमा शुक्रवार बिहान भएको  सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सत्र किलो स्थित नारायणगढ मुग्लिङ सडकमा करिब बिहान ३ बजे मुग्लिङबाट  नारायणगढतर्फ जाँदै  गरेको बागमती प्रदेश ०६–००१ज ०२९८ नंम्बरको ईभि हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नंम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालका अनुसार सो दुर्घटनामा परी मृत्यु हुनेमा हायसमा सवार यात्रुहरू रहेका छन्। हायसमा सवार  गोर्खा आरुघाट गाउँपालिका–१ मान्बुका ४० वर्षीय राजबहादुर  गुरुङ, हायसमा सवार नाम थर वतन नखुलेकी करिब ४० बर्षकी महिला, करिब ३२ वर्षको पुरुष र करिब  ३५ वर्षको पुरुषको मृत्यु भएको  रिमालले बताए। मृतक चारै जनाको टाउकोमा गम्भीर चोट लागेको छ। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका हुन्। यस्तै उक्त दुर्घटनामा परी घाइते भएका बसको सह चालक काठमाडौँ  महानगरपालिका–३२ का  ३० वर्षीय भोज विक्रम शाहको भरतपुर अस्पतालमा उपचार भई रहेको छ।  यस्तै नाम थर नखुलेका एक पुरुषको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने यस्तै नाम थर नखुलेका  ३८ वर्षीय पुरुष घाइतेको टाँउकोमा गम्भीर चोट लागेको छ।  बसमा सवार उदयपुर कटारी नगरपालिका–९ निमपाटाका वर्ष २४ का श्यामकुमार कार्कीको  निधारमा चोट छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update